समाचार

बिप्लव नेतृत्वका एरिया इन्चार्जसहित १२ जना नेता कार्यकर्ता पक्राउ

चितवन । स्थानीयतहको निर्वाचन नजिकिसंगै चितवनमा विप्लव नेतृत्वका नेता, कार्यकर्ताको ज्यादती बढ्न थालेको छ । अन्य जिल्लाा भन्दा बढी चितवन जिल्लामा उनीहरुको प्रभाव बढेसंगै प्रहरीद्धारा उच्च निगरानी तथा सर्तकता बढाइएको छ । यसैबीच निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्ने र उम्मेदवारहरुलाई धम्क्याएर उम्मेदवारी फिर्ता लिन दवाव दिने उनीहरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी   दिए ।

 उनका अनुसार केही दिनको अन्तरालमा पक्राउ परको ९ जनालाई आज अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ भने आजमात्रै तीन जनालाई विभिन्न क्षेत्रबाट पक्राउ गरिएको छ । ‘आज माडीका उम्मेदवारहरुलाई धम्क्याएर उम्मेदवारी फिताृको चेतावनी दिईएको पाईयो, थापाले भन्नुभयो तर्साएर उमेद्वार फिर्ता नगरे १० देखि ५० लाखसम्म रकम माग गरेको खुल्न आएको छ ।’ आज माडीमा पक्राउ पर्नेमा उक्त पार्टीका एरिया ईन्चार्ज टिका न्यौपाने रहेको र अन्यमा नारायणगढबाट मित्र केसी तथा गीतानगरबाट मनोज कार्की रहेका छन् ।