राजनीति

शुशीला कार्कीलाई काममा फकाउन सर्बोच्चको आदेश काँग्रेस र माओबादी केन्द्रले दर्ता गरेको माहाअभियोग गयो खेर

काठमाण्डौ । नेपाली काँग्रेस र माओबादी केन्द्रका २ सय ५७ जना साँसदहरुले माहाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्बनमा परेकी प्रधानन्यायधीश शुशीला कार्कीलाई पुनः काममा फर्कन सर्बोच्च अदालतले आदेश दिएको छ ।
अधिवक्ता शुनिलरञ्जन सिंहले माहाअभियोगबिरुद्ध दर्ता गरेको रिटमा न्यायधीश चोलेनद्र शम्शेर राणाको एकल ईजलासले उक्त फैसला गरेको छ । काँग्रेस र माओबादी केन्द्रले दर्ता गरेको रिट संबिधानको भावना बिपरित भएको ठहर्दै काममा फर्कन आदेश दिएपछि शुशीला कार्की आईतबारदेखि सर्बोच्च अदालत आउने बताईएको छ । माहाअभियोग प्रमाण नभएको र उक्त कुराको जवाफ १५ दिनभित्र दिन अदालतले बिपक्षीका नाममा आदेश दिएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र सरकारको नेतृत्व गरेको दल माओबादी केन्द्रले सर्बोच्चको उक्त निर्णयपछि आन्तरिक पार्टीगत र दुबैपक्षका छलफलहरु राखेका छन् ।
दुबै दलहरुले आधिकारिक धारणा दिएका छैनन् । शुशीला कार्कीको माहाअभियोगको बिरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्बोच्चको उक्त निर्णयको स्वागत गरेको छ ।