आर्थिक

अब प्रत्येक स्थानीय तहमा ५ करोड बराबरको खानेपानी आयोजना

काठमाडौँ । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

शुक्रबारका नयाँ पत्रिकामा लेखिएको छ, मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँबराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए ।

‘मुलुकभरका प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँको खानेपानी योजना लैजाने तयारीमा तयारीमा मन्त्रालय जुटेको छ,’ उनले भने । मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् । प्रत्येक तहमा पाँच करोडका दरले विनियोजन हुँदा ३७ अर्ब २० करोड रुपैयाँ बजेट आवश्यकता पर्छ ।