पु.समाचार

एमालेसहित १० दलको यस्तो आह्वान

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकिकरणको सिद्धान्त विपरितको महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीका कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबार विहानसम्मका लागि सूचना टाँसी स्थगित भएको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, प्रधानन्यायाधीश विरुद्ध संसदमा दर्ता गरिएको महाभियोगको प्रस्ताव अनुचित हुनुका साथै यसले शक्ति पृथकिकरणको सिद्धान्त, स्वतन्त्र न्ययापालिकाको मर्म र लोकतान्त्रिक मुल्य मान्यतामाथि गम्भिर प्रहार गरेकोले सो प्रस्ताव तुरुन्त फिर्ता लिई कानुनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक दलहरुसंग माग गर्दछौ,’ ती दलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रमुख प्रतिपक्षी नेता केपी ओलीले प्रधानमन्त्री पुष्पकल दाहालसंग विहिबार मध्यान्ह गरेको छलफलमा महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसदका कुनै काम–कारवाही चल्न नदिने जनाउ दिएका थिए ।