राजनीति

यसकारण चुनावको मुखमा चीन जान लागे महरा

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्री बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका वेलामा चीनमा हुने भएका छन् ।  बैशाख ३१ र जेठ १ गते चीनले आयोजना गर्न लागेको वेल्ट एण्ड रोड शिखर सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री महरा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा प्रविधिमन्त्री सुरेन्द्र कार्की चीन भ्रमणमा जान लागेका हुन् ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, मन्त्रिपरिषदको बिहिबार सिंहदरवारमा बसेको बैठकले तीन मन्त्रीसहित परराष्ट्रसचिव शंकरदास बैरागी र अर्थमन्त्रालयका सचिव वा सहसचिव मध्ये एकलाई चीन भ्रमणमा पठाउने निर्णय गरेको हो । प्रतिनिधिमण्डलमा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी हुनेछन् ।