राजनीति

गृहमन्त्री निधिले आफ्नो राजीनामा फिर्ता लिए

 जनकपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमालाई ध्यानमा राखेर आफूले राजीनामा फिर्ता लिएको जानकारी दिदिएका छन्।

गत आइतबार उपप्रधानमन्त्री निधिले पदबाट राजीनामा दिनुभएको थिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री निधिले गत बर्ष जारी भएको संविधान कार्यान्वयनकालागि पनि निर्वाचन आवश्यक रहेको र त्यसकालागि आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा मन्त्रालय सम्हाल्न राजी भएको पनि बताए ।

आफूले राजीनामा दिएपछि मधेशवादी दलका नेताहरुले ऐकेबद्धता जनाएको जानकारी दिँदै अहिले मुलुकको राजनीतिक स्थायीत्वकालागि आफू सँधै लागि पर्ने प्रतिबद्धता पनि जनाए । संसदमा पेश भएको संविधान संशोधन पारति भएपछि राजनीतिक स्थीरता कायम हुने पनि मन्त्री निधिको विश्वास छ । मन्त्रि निधि जानकी नवमी पर्वको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा सहभागि हुन जनकपुर आएका हुन् । उनलाई स्वागत गर्न हजारौँको संख्यामा मोटरसाईकल र्याली सहित विराटनगर विमानस्थल पुगेका थिए ।