प्रवास

एनआरएन भन्छ, “नोट चल्ने भोट नचल्ने ?”

काठमाण्डौ । आबधिक निर्बाचन लोकतन्त्रको सोन्धर्य हो र आधारभुत सिद्धान्त पनि हो र निर्वाचनमा जनताले आफ्नो मतदान गर्न पाउने अधिकार नै सबैभन्दा पहिलो आधारभुत अधिकार हो । त्यो अधिकार नेपालमा पनि छ। तर, हामी नेपाली नागरिक जो बिबिधकारणबस बिदेसिएकाछौ र बैदेशिक रोजगारिको लागि आफ्नो देश भन्दा टाढा रहेका छौ, हामीले भने यो अधिकारबाट बन्चित हुनु परेको छ। देश दशक लामो द्वन्द र राजनीतिक अस्थिरतामा भएको बेला हामिहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र तहस नहस हुनबाट जोगाएको छ र अझै पनि त्यो क्रम जारी नै छ।

राष्ट्र भित्र शिपमुलक शिक्षाको अभाव रहेकोले बिदेशी भुमिमा आएर शिप र शिक्षा लिएर राष्ट्र निर्माणमा सहभागी हुन फर्किने योजनामा हामी मध्ये कैयौ छौ, तर राज्य र सरकारले हाम्रो अधिकारको बारे कती सोचेको छरु शायद छैन। घर परिवार समाज र राष्ट्रले हामीले पठाउने नोट भने खुशी खुशी स्विकार्ने तर हाम्रो भोट गर्ने अधिकारको भने चर्चा समेत गरेको देखिदैन। तसर्थ, लामो समय देखी सामाजिक सन्जालमा बहस भैरहेको यो मुद्दालाई औपचारिक रुपमा अझै गम्भिर रुपले बहस गर्ने उदेश्यले ‘नोट चल्ने भोट नचल्ने?” अभियान सुरु गर्दैछौ।

ूनोट चल्ने भोट नचल्नेरुूअभियानको क्रममा हामीले सामाजिक सन्जालमा बहस, राष्ट्रिय संचार माध्यमामा छलफल र बिदेशमा रहेको नेपालीहरु बिच चर्चा गरेर भविस्यमा हुने निर्वाचनमा नेपालीहरुले बिदेश बाटै मतदान कसरी गर्न सकिन्छ भन्ने सम्भावनामा पनि छलफल र अध्ययन गर्ने कार्यक्रम रहेको छ। यो अभियान केवल गुनासो गर्ने मात्र हैन नेपालीको आधारअभुत अधिकारको सम्मानको लागि एक पहल हो। आसन्न निर्वाचन को तयारीमा रहेको सरकार, राज्य ब्यबस्था, राजनीतिक दल र नेपाली समाजलाई यो “नोट चल्ने भोट नचल्ने ?” अभियान बाट हामी हाम्रो देश नेपालको भविस्य प्रती कती सरोकार राख्दछौ र आफ्नो संलग्नताको लागि कती आतुर छौ भन्ने कुराको सन्देश दिन खोजेकाछौ। एनआर एनका उपाध्यक्ष भबन भट्टले भनेका छन् ।