राजनीति

भरतपुर काँग्रेसका मेयर उमेर्द्वार दिनेश कोईरालाले भने ‘उमेर्द्वारी फिर्ता लिन्न’

चितवन । माओवादी केन्द्रसंग तालमेलपछि काँग्रेसले भरतपुर महानगरको मेयरका उम्मेदवार दिनेश कोईरालाको उम्मेदवारी केन्द्रबाटै फिर्ता गरेको छ । दिनेश कोईरालाले मुख्य निर्वाचन अधिकृत कार्यलयमा उमेदवारी फिर्ता लिन नगएपछि केन्द्रबाट फिर्ता गराईएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केन्द्रबाटै फ्याक्स आएको कार्यालय श्रोतले जनाएको छ । सो पत्रमा काँग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जनाईएको छ । यता माओवादी केन्द्रले पनि उमेयरका उमेद्वार सुरेन्द्र गुरुंगलाई फिर्ता गराएको जिल्ला नेता ईश्वर सापकोटाले जानकारी दिए ।

यद्यपि कोईरालाले भने आफुले फिर्ता नलिएको जनाएका छन् । ‘खै मैले त फिर्ता गर्या छैन, के भो मलाई था छैन, कोईरालाले प्रतिक्रिया दिंदै भने, बरु के भएको छ मलाई पनि जानकारी दिनुस् न ।’ काँग्रेस चितवन क्षेत्र नम्बर २ का साँसद शेषनाथ अधिकारीले पनि उमेद्वारी फिर्ता भएको जानकारी दिए । तालमेलको खबर आएपछि काँग्रेस कार्यकता तरङित भएका छन् । भरतपुर महानगरमा काँग्रेसले माओवादीकी रेणु दाहाललाई सघाउने छ भने काठमाडौ र पोखरामा काँग्रेसलाई माओवादीले सघाउने छ । यसैबीच चितवनमा तीन ठुला पार्टी सहित स्वतन्त्र गरी जम्मा १५ जनाले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यलय, चितवनले जनाएको छ ।

काँग्रेस समर्थकलेनै पार्टी कार्यलयमा लगाए ताला

दिउँसो काँग्रेस र माओवादी विच तालमेल भएको समाचार एकाएक बाहिर आएपछि चुनावी प्रचारमा हिंडेका कार्यकर्ताहरु फर्किएर पार्टी कार्यालयमा जम्मा भई विरोध प्रदर्शन गरेका थिए । उनीहरुले देउवाको पुतला दहन पनि गरे भने चर्का नाराबाजी समेत गरे । कार्यकर्ताहरुले नारायणगढमा रहेको पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका छन् । अहिले चितवनमा भएको भारी बर्षाका कारण उनीहरुको आन्दोलन मत्थर भएको छ । पार्टी सभापति जित नारायण श्रेष्ठले अहिले सो विषयमा जिल्लामा छलफल चलिरहेको जानकारी दिए ।