राजनीति

यसरी एक्कासि चम्कियो विमलेन्द्र निधिको भाग्य, गृहमन्त्रीको कार्यभार उनैको काँधमा !

काठमाण्डौ । प्रधानन्यायाधीश शुसिला कार्कीलाई महाअभियोग लगाएपछि असहमती जनाउदै गृहमन्त्री पदवाट राजिनामा दिएका कांग्रेस नेता विमलेन्द्र निधीलाई फेरी गृहमन्त्रीमा नै फर्कन चर्को दवाव परेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासंग पछिल्लो समय दुरी टाढा भएका निधी र देउवाविच बुधवार साझ सानेपामा लामो वार्ता भएको छ । निधी र देउवालाई एक ठाउमा ल्याउन कांग्रेस नेताहरु गोपालमानसिंह श्रेष्ठ, प्रदिप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण र रमेश लेखकले भुमिका खेलेका थिए । कांग्रेस स्रोतकाअनुसार भेटमा उनिहरु दुवै जनाविच मन माझामाझ भएर आगामी दिनमा सम्बन्ध मजवुत बनाएर अघि बढ्ने सहमती भएको छ ।

देउवाले निधीले गठवन्धन निर्माणदेखी मधेशी मोर्चालाई सहमतीमा ल्याउन खेलेको भुमिको उच्च प्रशंसा गरेका थिए । देउवाले गृहमन्त्रीबाट दिएको राजिनामा समेत तुरुन्त फिर्ता लिन निधीसंग आग्रह गरेका थिए । स्रोतकाअनुसार निधीलाई देउवाले गृहमन्त्रीमा फर्कन र यो विचमा भएका सवै घटनालाई विर्सन आग्रह गरेपछि उनी पुनःगृहमन्त्रालय सम्हाल्न तयार भएका छन् । देउवाका सवैभन्दा विश्वासिला पात्र भनेर चिनिएका कांग्रेस नेता निधी र सभापति देउवाविच नेपाल प्रहरीको आइजी नियुक्तिको विषयलाई लिएर असमझदारी बढेको थियो ।

निधी पहिलो वरियतामा रहेका डिआईजी नवराज सिलवालको पक्षमा थिए भने देउवा तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई आईजी बनाउनुपर्ने अडानमा थिए । देउवाको आग्रह पछि निधि गृह मन्त्रालय फर्कन सहमत भएका छन् । उनलाई सभापति देउवाले उपसभापति बनाउने वचन समेत भेटमा दिएका छन् । प्रधानन्यायाधीश शुसिला कार्कीविरुद्ध कांग्रेस र माओवादीले वैशाख १७ गते संसदमा महाभियोग दर्ता गरेपछि उक्त विषयमा आफूसँग कुनै सल्लाह नगरेको भन्दै निधिले गृहमन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेसमा भुइचालो गएको थियो । पार्टीमा दुई नेताको दुरी वढ्दै गएपछि पछिल्लो समय दुवै नेतालाई एक ठाउमा ल्याउन कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले भुमिका खेल्दै आएका थिए ।

एक्कासि कांग्रेस–माओवादीका सांसदहरुले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि गृहमन्त्री निधिले राजीनामा दिएका थिए । आइजीपी प्रकरणदेखिनै देउवा र निधिबीच खट्पट हुँदै आएको थियो । तर पछिल्ला दिन एक्कासि देउवा र निधिबीच सुमधुर सम्बन्ध सुरु भएको छ । यसले फेरि एकपटक निधिको भाग्य चम्किएको धेरैले आंकलन गरेका छन् । निधिको किनपनि भाग्य चम्किएको देखिन्छ भने अब फेरि उनी गृहमन्त्रीमा फर्किएमा चुनावपछि कांग्रेस नेतृत्वमा बन्ने सरकार समेत उनले नै गृहको नेतृत्व गर्ने सम्भावना नजिकिएको धेरैको अनुमान छ ।