खेलकुद

दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता स्थगित

काठमाण्डौ । हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एन्ड फिटनेशको आयोजनमा हुने भनिएको दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप बैशाख ३१ गते स्थानीय चुनाव परेका कारण स्थगित भएको हो । च्याम्पियनसिप तयारीका लागि पर्याप्त समय अभाव हुने भएकाले संघको बैठकले प्रतियोगिता स्थगित गरेको जनाइएको छ ।

जेठ महिनामा पनि अर्को चरणको स्थानीय चुनाव परेकोले सहज परिस्थिती नभए सम्मका लागि उक्त प्रतियोगिता स्थगन गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी गराएका छन् ।