पु.समाचार

विमलेन्द्र निधिद्वारा देउवामाथि ठाडो प्रतिवाद

काठमाडौं । प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका नेता विमलेन्द्र निधिले कार्यकारिणी अधिकारबारे प्रश्न उठाएका छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवाले आइजिपी नियुक्तिमा प्रधानन्यायाधीश कार्कीले कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेकाले महाअभियोग ल्याउन बाध्य भएको बताइरहेको बेला त्यसको प्रतिवाद गर्दै निधिले सो प्रतिक्रिया दिएका हुन् ।

बिहीबारको कान्तिपुरमा लेखएको छ, निधिले  निकट नेतासँग भनेका छन्, कार्यकारिणी निकाय पार्टी या पार्टीको नेतृत्व हुन्छ कि गृहमन्त्री ? कार्यकारिणीमाथि हस्तक्षेप भएको भनेर गृहमन्त्रीले बोल्ने कि पार्टीले ? पदबाट राजीनामा दिएपनि बुधबारसम्म निधिको राजीनामा भने स्वीकृत भएको छैन ।