राजनीति

सुन्दरबजार नगरपालिकामा कांग्रेसको बागी उम्मेद्वार

लमजुङ । स्थानीय तह निर्वाचनका लागि सुन्दरबजार नगरपालिकामा कांग्रेसका उम्मेदवारले मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  कांग्रेस नगर सभापति द्वारिका मिश्रले नगर प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

बिहबारको नागरिकमा लेखिएको छ, नगर प्रमुखको उम्मेदवारमा पार्टीले बद्रिमान श्रेष्ठलाई छनोट गरेपछि मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।