राजनीति

बागी उमेर्द्वारले उमेर्द्वारी फिर्ता नलिए पार्टीबाट निस्काशन गर्ने काँग्रेसको चेतावनी

काठमाण्डौ । निर्बाचन आयोगले घोषणा गरेको स्थानीय तहको प्रथम चरणको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरेको भए फिर्ता लिन आग्रह गरेको छ ।

काँग्रेसले बुधबार एक बिज्ञप्ती जारी गर्दै कसैले बागी उमेर्द्वार दर्ता गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय २१ बिहीबार १ बजे देखि ५ बजे सम्ममा उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्णयानुसार निर्देशन गरेको छ ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता वागी उम्मेदवार र नीजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा निर्णयानुसार जानकारी गराएको छ ।

बागी उमेर्द्वारले उमेर्द्वारी फिर्ता नलिएमा निस्काशन हुने चेतावनी दिएको छ ।