आर्थिक

सिभिल बैंकको हकप्रद शेयरको प्रिबन्धक नियुक्त

काठमाण्डौ । सिभिल बैंकले आफ्नो ३०% हकप्रद शेयर निष्काशनगर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ । बैंकले आगामी जेठ ४ गते बोलाएको साधारण सभाबाट पारित हुने वोनश शेयर तथा यूनिक फाईनान्स लिमिटेड र हामामर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात कायम हुने चुक्तापूँजीको ३० प्रतिशतले जारी हुने हकप्रद शेयरको लागिलक्ष्मी क्यापिटललाई बिक्री÷निष्काशन प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्वन्धी सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत गोविन्दगुरुङ्ग र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजीब सापकोटाले हस्ताक्षर गरेका छन् । हकप्रद शेयर जारी गरे पश्चात र आ. व. २०७३/२०७४ को प्रक्षेपीतवोनश शेयरबाट चुक्तापूँजी नेपाल राष्ट्र बैंकले टोकेको बमोजिम हुने समेत बैंकले जनाएको छ ।