राजनीति

काँग्रेसले दियो चार माहानगरसहित सबै स्थानीय तहमा निर्बिरोध उमेर्द्वार, जित शुनिश्चित हुने दाबी

काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ ।

सबैभन्दा ठूलो माहानगरपालीकाको लागी मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्गीको उमेर्द्वारी परेको छ, पोखरामा मेयरमा रामजी कुंवर, उपमेयरमा सरस्वती गुरुङ, भरतपुरको मेयरमा दिनेश कोईराला र उपमेयरमा पार्वती शाह त्यस्तै ललीतपुरको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्यालको उमेर्द्वारी परेको छ ।

काँग्रेसका अनुसार, ‘नेपाली काँग्रेसले ३४ जिल्लाका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।”

पहिलो चरणअन्तर्गत हुन लागेको तीन प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एकसय ८६ गाउँपालिकामा निर्वाचनमा भाग लिएको तथा केही गाउँपालिकाको प्रमुख र वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको समेत जनाएको छ ।

नेपाली काँग्रेसले यसभन्दा अगाडीका निर्बाचनहरुमा उमेर्द्वार छान्न समस्या भएपनि पशिलो चरणको स्थानीय तहको निर्बाचनमा उमेर्द्वार निर्बिरोध छान्नु काँग्रेसलाई नतिजा आफ्नो पक्षमा पार्न सहज हुने अनुमान बिश्लेशकहरुले लगाएका छन् ।

नेपाली काँग्रेसका नेताहरुले पनि आफ्नो पार्टीले पुरानो साख बचाई जित हाँसिल गर्ने बिश्वास रहेको बताएका छन् ।