अन्तर्राष्ट्रिय

भेनेजुयलामा संविधान पुनर्लेखनको चर्को विरोध

एजेन्सी । संविधान पुनर्लेखन गर्नसक्ने एउटा निकाय स्थापना गर्ने भेनेजुएलाका राष्ट्रपतिको योजनाको अन्तर्राष्ट्रिय रुपमा तीव्र आलोचना भएको छ। केही मुलुकले राष्ट्रपतिको कदमलाई कूको संज्ञा दिएका छन् भने केहीले गैरसंवैधानिक भनेका छन्। त्यसैले पनि सो मुलुकमा राजनीतिक तथा आर्थिक संकट गहिरिदैं गइरहेको छ।

राष्ट्रपति निकोलस मदुरोका विरोधीहरुले सडकहरु अवरुद्ध पार्नुका साथै प्रदर्शनहरु गरिरहेका छन्। २८ जनाको ज्यान जाने गरी भएको तनाव अन्त्य गर्न भन्दै नयाँ संविधान ल्याउने राष्ट्रपतिको योजना विपक्षीहरुले अस्वीकार गरेका छन्।

मदुरोले उक्त योजना आफूविरुद्ध चालिएको उनकै शब्दमा विदेशी षड्यन्त्रसँग लड्न आवश्यक रहेको बताएका छन्। अमेरिकाले चाहिँ मदुरो सत्तामै टासिरहन खोजेको आरोप लगाएको छ। ब्रजिलले भने पछिल्लो कदमलाई सत्तापलटकै संज्ञा दिएको छ।

अमेरिकी देशहरुको संगठनका प्रमुख लुइस एलम्याग्रोले उक्त कदम गलत दिशा उन्मुख, गैरसंवैधानिक र फर्जी रहेको बताए