समाचार

स्थानीय तहको निर्वाचनमा मिडियाले सन्तुलित भूमिका निर्वाह गर्न आग्रह

काठमाण्डौ । नेपालमा विद्यामान मिडियाको स्थिति र त्यसका लागि जारी गर्नुपर्ने आचारसंहितालाई चुस्त व्यवस्थापन गर्नुपर्ने कुरामा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् ।

नजिकिँदै गएको स्थानीय तहको निर्वाचन र मिडियाको भूमिकाकाबारेमा कार्यक्रममा बृहत छलफल भएको थियो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पति तथा श्रोत साधनको दुरुपयोग गर्ने प्रवृतिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष पार्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिडियाले कसैको पक्ष र विपक्षमा केन्द्रीत नरही सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रध्यापक चिरञ्जिवी खनाल,डा. कुन्दन अर्याल लगायतका आमसञ्चारका विज्ञहरुले समेत आ–आफ्नो मन्तव्य राखेका थिए ।