राजनीति

कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार अपरहणपछि मुक्त

काठमाडौं । स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका ३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त भएका छन् । उनलाई बरन्जाबाट अपहरणमुक्त गरिएको हो ।

सोमबार साढे ११ बजेबाट भकिम्लीबाट जिल्ला सदरमुकाम बेनी आउँदै गर्दा बाटोबाटै उनी अपहरणमा परेका थिए । दिउँसो साढे २ बजे पुनले पार्टी सचिव हरिकुमार श्रेष्ठलाई आफू अपहरणमा परेको र वैशाख ३१ गतेसम्म रिहाइ नगर्ने बताएका जानकारी गराएका थिए ।

बुधबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, कसले र किन अपहरण गरेको हो भन्ने विषयमा सुरक्षा निकायले नखुलाए पनि कांग्रेसले भने विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले अपहरण गरेको दावी गरेको छ ।