पु.समाचार

लौ हेर्नुहोस्, भारतले नेपाल कब्जा गर्न ल्यायो यस्तो नयाँ रणनीति !

काठमाडौं । नेपालमा इन्धन विक्रिमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको छ ।

बुधबारको नागरिकमा लेखिएको छ, पेट्रोल, डिजेलको खुद्रा व्यापार पनि कब्जा गर्ने योजनासहित इन्डियन आयल कर्पोरेसन (आइओसी) ले देशभरका मुख्य राजमार्गमा एक सय अत्याधुनिक पम्प सञ्चालन गर्ने रणनीति बनाएको हो ।

आइओसीको लगानीमा नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने प्रस्तावप्रति निगम सकारात्कम भएपछि कुन मोडालिटिमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।