खेलकुद

विश्व एमच्योर एण्ड फिट्नेसमा प्रतियोगितामा सहभागी हुँदै राजु महर्जन

काठमाण्डौ । आगामी जुनमा थाइल्यान्डमा वल्र्ड एमच्योर एण्ड फिट्नेस प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा नेपालका राजु महर्जनले पनि सहभागिता जनाउने भएका छन् । आगामी २३ देखि २५ जुनमा थाइल्यान्डको फुकेटमा आयोजना हुने सो प्रतियोगितामा सहभागिता जनाउन लागेका राजु मर्हजनलाई सोमबार द च्याम्पियन्स क्लबले विदाइ समेत गर्यो ।

राजुलाई च्याम्पियन्स क्लबका प्रमुख रमेस मगरसहित राष्ट्रिय खेलाडीले शुभकामना दिएका छन् । सो अवसरमा उनले क्लबलाई २० हजार रुपैया आर्थिक सहयोग समेत गरेका थिए । फिटनेस मोडलको तयारीको क्रममा राजु अस्ट्रेलियाबाट नेपाल आएका हुन् । उसुका दक्षिण एसियाली च्याम्पियनसीपका उपविजेता राजुले सिड्नीमा फिटेस् मोडल सन्तोष कुमार श्रेष्ठसँग प्रशिक्षण लीएका थिए ।

नेपालमा उनले बडी विल्डीङ्ग च्याम्पियन महेश मर्हजनसँग सेप फिटनेस एन्ड जिममा प्रशिक्षण लिएका हुन् । उनी उसुको विश्व च्याम्पियनसिपमा सहभागी भइसकेका छन् । फिटनेस्मा पहिलोपटक सहभागिता जनाएका राजुले आफूले कडा मिहेनत गरिरहेको महेशसँगको प्रशिक्षण महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनी यसै बिहिबार अस्ट्रेलिया जादैछन् । उनी त्यहाँबाट थाइल्यान्ड जाने छन् ।