राजनीति

कुलमानलाई असक्षम भन्ने एमालेको १५ हजार मेगावाट विजुलीको योजना, यसरी हुँदैछ हावादारी सावित !

काठमाण्डौ । नेकपा एमालेले सोमबार जारी गरेको चुनावी घोषणापत्र निकै महत्वाकांक्षी भएको भन्दै टिप्पणी सुरु भएको छ । चुनाव अघि सार्वजनिक हुने यो घोषणापत्र विगतका नाराहरुकै निरन्तरता भएको भन्दै टिप्पणी सुरु भएको हो ।  एमालेले सार्वजनिक गरेको सो घोषणापत्रमा दश वर्षभित्र निकै ठूला महत्वाकांक्षी योजनाहरु सम्पन्न गर्ने सपनाहरु बाँडिएका छन् । दशभित्रै मुलुकमा ठूला–ठूला स्मार्ट सिटी निर्माण गर्नेदेखि थुप्रै रेलमार्ग निर्माण निर्माण गर्ने दर्जनौ ठूला हाइड्रोपावरहरु समेत निर्माण गर्ने योजनासहित सार्वजनिक भएको सो घोषणापत्रमा नेपालले पानी जहाज चलाउने समेतका महत्वाकांक्षी योजनाहरु अघि सारिएका छन् । एमालेले दशवर्षभित्र प्रतिव्यक्ति आय ५ हजार पुर्याउने देखि सामाजिक सुरक्षा भत्तालाई ५ हजार पुर्याउने घोषणा समेत गरेको छ ।

त्यसैगरी उसले ३ वर्षभित्रै एक घर, एक रोजगारी, १० वर्षभित्र १८ वर्ष पुगेका सबैलाई रोजगारी लगायतका महत्वाकांक्षी घोषणा गरेको छ । एमाले यी लगायत थुप्रै योजनाहरु अघि सारेको छ । यद्यपि, यी योजनाहरु कति वैज्ञानिक र कार्यान्वयन गर्न सकिने छन् र कति छैनन् भन्ने विषयमा अन्योल जस्तै देखिन्छ । घोषणापत्रमा १० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादन गर्न सकिने सम्मको प्रस्ताव अघि सारिएको छ । चुनावको मुखमा अघि सारिएका यी प्रस्ताव भोलि कति कार्यान्वयन होलान् त ? सर्वसाधारणमा भने थोरै मात्र विश्वास देखिन्छ ।

एमाले लगायत मुलुकका शीर्ष दलहरुले यसअघि पनि यसैगरी थुप्रै महोत्वाकांक्षी योजनाहरु घोषणापत्रमार्फत जारी गरेको इतिहास जारी छ, तर ती अधिकांश योजनाहरु महोत्वाकांक्षामै सिमित भएको देखिन्छ र अहिले पनि यी नाराहरु (घोषणाहरु) चुनावी नारामा मात्रै सिमित हुने सम्भावना नजिकै देखिन्छ । कुलमान घिसिङले उपत्यका लगायत मुलुकका अधिकांश जिल्लाहरुलाई लोडसेडिङ मुक्त गरिरहेकै बेला एमालेले विद्युतसम्बन्धी नयाँ योजनाहरु अघि सारेको छ ।

यसअघि विद्युत प्राधिकरणको पुरानो संरचनामार्फत लोडसेडिङ मुक्त गर्न नसकिने निश्कर्षमा पुगेको एमालेले कुलमानको अभियानका अघि विद्युत व्यवस्थापनका सवालमा नयाँ महत्वाकांक्षी योजना अघि सार्नु कति जायज कुरा हो ? त्यो विषयमा चर्को बहस उठान हुन थालेको छ । नेपालमा विद्यमान विद्युतलाईनै राम्रोसँग व्यवस्थापन गर्न सके धेरै ठूलो काम गर्न सकिने भन्ने एउटा नमुना कुलमानले देखाइसकेका छन् । यो बीचमा विद्युतका ठूला र महत्वाकांक्षी योजनाहरुको साटो सही व्यवस्थापन भए काम गर्न सकिन्छ भन्ने उदाहरण घिसिङले देखाइसकेका छन् ।

एमालेले अघि सारेको हाइड्रोपावर योजना र हावाबाट विजुली निकाल्ने कुरा आफैमा नाजायज होइन तर यसअघि भएकै बिजुलीलाई व्यवस्थापन गर्न नसकेको र इमान्दार र क्षमतावान कर्मचारीहरुलाई सम्बन्धित निकायमा उचित जिम्मेवारी दिन सके थुप्रै कुलमानहरु जन्माउन सकिन्छ भन्ने हेक्का पनि उसले राख्नुपर्छ । पहिले कुलमानलाई असक्षम भन्ने एमालेले अहिले उनले गरिरहेका काम हेरिरहेको छ र अझै मुलुकमा विद्युत व्यवस्थापनको महत्वांकाक्षी योजनाको भ्रम छरिरहेको छ । उसले चुनावी नारालाई मात्र निरन्तरता दिएको सर्वसाधारणहरु बताउन थालेका छन् ।

यस्ता छन् एमालेले जारी गरेका अन्य महोत्वाकांक्षी घोषणाहरुः
–९ महानगर, १० अत्याधुनिक सहर विकास
–१० वर्षभित्र मध्यम आय भएका मुलुक
–रसुवागढी–काठमाण्डौ–पोखरा–लुम्बिनी रेलमार्ग
–१० वर्षभित्र १५ हजार मेगावाट विजुली
– उपत्यकामा ३ अन्तर्राष्ट्रिय रंगशाला
–राष्ट्रिय ध्वजाबाहक पानीजहाज
–घातक रोगको जाँच र औषधी निःशुल्क
–प्रदेशमा एक लाखलाई रोजगारी दिने औद्योगिक क्षेत्र
–१० वर्षमा १८ वर्ष पुगेका सबैलाई रोजगारी
– घातक रोगको जाँच र औषधी निःशुल्क
–उपत्यकालाई मेघा नगर घोषणा
–मुस्ताङमा युरेनियम उत्खनन् तथा प्रशोधन केन्द्र लगायतका महात्वाकांक्षी घोषणा रहेका छन् ।

घोषणापत्रको पूर्ण पाठः

UML – Local Election Manifesto 2074 _Final1_