आर्थिक

सिमेन्ट व्यावसायीले उद्योगमन्त्रीलाई नै झुक्याएपछि…!

काठमाडौं । बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहेपनि सम्बन्धित व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन् ।  उद्योगमन्त्री नविन्द्रराज जोशीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयाले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, बजारमा अढाई महिनाको बीचमा बिनाकारण सबै सिमेन्टमा प्रतिबोरा सय रुपैयाँसम्म वृद्धि गरेपछि व्यापक आलोचना भएको थियो । तर पनि बढेको मूल्य अहिलेसम्म घटेको छैन ।