समाचार

फेसबुक धेरै चलाउनुहुन्छ, अब होस गर्नुहोस् है, यसरी जीवन सकिएला !

प्यूठान । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा अझै रोकिएको छैन ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, कलिलो उमेरमा विवाह गर्नेहरुले बर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल (फेसबुसक) कै माध्यमबाट प्रेमसम्बन्ध राखेर विवाह गर्नेहरुले अदालत गएर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

जिल्ला अदालतको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ७ जोडीले विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेका छन् । चालु आर्थिक बर्षको बैशाख दोस्रो सातासम्म २० बर्षमुनिका ६ जोडीले अदालतमा आएर सम्बन्धविच्छेद गरेका छन् ।

‘सम्बन्धविच्छेद माग गर्न आउनेमा धेरै पत्नीहरु हुन्छन्’ जिल्ला अदालतका स्रेस्तेदार प्रेम पौडेलले भने, ‘धेरै जोडी विवाहपछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिन्छन् ।’