राजनीति

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्तासहित सरकारबाट बाहिरिने निर्णय, दाहाल सरकार धरापमा !

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठको निर्णय सुनाउदै राप्रपा अध्यक्ष कमल थापाले सरकार छाड्ने बताएका छन् ।

अध्यक्ष थापाले सर्बोच्च अदालतकी प्रधानन्यायधीस शुशीला कार्कीलाई माहाअभियोग लगाउदा सरकारमा भाग लिएको महत्वपूर्ण दल राप्रपालाई अलिकतिपनि नसोधिएको हुंदा राप्रपाको निर्णय सुनाउदै भने ‘महाभियोग प्रस्तावको बिरोध गर्दै प्रचण्डको नेतृत्वमा गठित वर्तमान मन्त्रिपरिषदबाट राप्रपा अलग हुने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने बैठकले निर्णय गरेको छ ।’

शुशीला कार्कीलाई माहाअभियोग लगाउनु अनुचित, अनैतिक र न्यायपालीकामाथीको नाङगो हस्तक्षेप भन्दै आजैका मितिबाट पुष्पकमल दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको छ ।

राप्रपाले उक्त बैठकमा स्थानीय तहको निर्बाचनमा भने सरकारलाई सघाउने निर्णय समेत गरेको छ ।  कमल थापाले समर्थन फिर्ता लिएपछि पुष्पकमल दाहाल सरकार धरापमा परेको छ ।