पु.समाचार

काँग्रेस केन्द्रीय सदस्य डा. कोईराला प्रधानन्यायधीसलाई माहाअभियोग लगाइएकोमा यसरी भए असन्तुष्ट

काठमाण्डौ ।  नेपाली काँग्रेस पार्टीले शुशीला कार्कीलाई माहाअभियोग लगाउन स्वतन्त्र न्यायपालीकाको बचाउन चालिएको कदा भनिरहेका बेला सोही पार्टीका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले बिरोध जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा. कोईरालाले लोकमकान सिंह कार्कीलाई माहाअभियोग लगाउने प्रकृया पनि आफूलाई गलत लागेको बताएको र अहिलो पनि संसदले प्रधानन्यायधीसबिरुद्ध लगाईएको माहाअभियोग गलत भएको दाबी गरेका छन् ।
उनले भनेका छन्:-

“फेरी एकपटक दोहोरियो।
महाअभियोग आफैमा नराम्रो र गलत होईन तर यसको उपयूक्त स्थानमा प्रयोग गरिनूपर्छ। संसदिय सर्वोच्चताको नाममा महाअभियोगलाई प्रयोगमा ल्याइँदा यसले दिर्धकालसम्म असर गर्छ र लोकतन्त्र कमजोर बनाउँछ भनेर मैले अख्तियार जस्तो संबैधानिक निकायको प्रमूख बिरूद्ध महाअभियोग लगाउँने समयमै भनेको थिएँ। अख्तियार प्रमूखलाई महाअभियोग लगाएर संसदिय ब्यवस्थामा हामीबाट गलत अभ्यासको शूरूवात भयो। हालको प्रधानन्यायधिसका बिरूद्धको महाअभियोग त्यसैको दोस्रो संस्करण र निरन्तरता हो।प्रधानन्यायधिसका केही कमीकमजोरी थिए होलान तर हतारमा जसरी महाअभियोग प्रस्ताव ल्याईयो त्यो संसदिय अराजकताको नमूना हो।हामी संसदहरू अराजकता र अधिनायकबादी बन्दै गएका छौं।यसबाट हामी मूक्त हूनैपर्छ। नेपाली काँग्रेस केन्द्रिय समितीले न्यायपालिकाका सम्बन्धमा गरेको निर्णय पनी गलत थियो।संसदिय सर्वोच्चताका नाममा महाअभियोगलाई हतियार बनाईरहने हो भने मूलूक सधै अस्थिरता, अराजकता र जटिलतामा अल्झिरहन्छ।यसले लोकतन्त्र नै संकटमा पर्ने खतरा बढेर गएको छ। संसदिय अभ्यासमा लोकतन्त्रलाई केन्द्रबिन्दू मानिन्छ। सम्पूर्ण सदस्य संख्याको एक चौथाईले प्रस्ताब दर्ता गरे लगत्तै निलम्बन हूँने प्रावधान तत्काल हटाइँनूपर्छ र संबिधानको महाअभियोग सम्बन्धी धारा–१०१ संशोधन र परिमार्जन गर्न जरूरी छ।”

ट्वीट जस्ताको तस्तै