आर्थिक

एनसेलले ल्यायो सापटीमा नयाँ योजना

axiata-company

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजना अन्तर्गत बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन सक्नेछन् ।

देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सापटीमा नयाँ योजना ल्याएको छ जस अन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधा मार्फत अब बिना कुनै सेवा शुल्क अझै बढि रकम सापटी स्वरुप लिन सक्नेछन् ।

मई दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना यही सोमबार (वैशाख १८) देखि लागु हुने्छ । यो योजना अन्र्तगत प्रिपेड सेवाका ग्राहकले बिना कुनै सेवा शुल्क रु ३० सापटी प्राप्त गर्न सक्नेछन् । दुई महिना वा सो भन्दा बढि देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो योजना अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी लिन सक्नेछन् । सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्नेछन् ।

एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ३० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरिे बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् ।

“ग्राहक माझ निकै नै लोकप्रिय रहेको एनसेल सापटी अन्तर्गत यो विषेश योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यो सेवाले हाम्रा ग्राहकलाई सम्पर्कमा रहि रहन थप मद्दत पुर्याउनेछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

आफ्ना ग्राहकका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ । प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्ना मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । यद्यपि ग्राहकले आफुले लिएको सापटीको रकम पुरा चुक्ता नगरेसम्म अर्को सापटी लिन पाउँने छैनन् ।

एनसेल सापटी अन्तर्गतको यो योजना १५ दिनको लागि मान्य हुने कम्पनीले जनाएको छ ।