राजनीति

सुशीला कार्कीको पक्षमा रविन्द्र मिश्रको यस्तो घोषणा

काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाइएपछि उनको पक्षमा नागरिक स्तरबाटै आवाज उठ्न थालेको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध राजनीतिक प्रतिशोध साँध्ने ढंगबाट महाअभियोग लगाइएको भन्दै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी लगायतका शक्तिहरुले उनको कार्कीको पक्षमा आवाज उठाएका हुन् ।

प्रतिशोधपूर्ण महाअभियोग लगाइएको भन्दै सोमबार सो पार्टी र नागरिक सञ्जाल नामक संस्थाले काठमाण्डौमा विरोध प्रदर्शन समेत गर्ने भएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध न्यायालयको स्वतन्त्रतामै हस्तक्षेप हुने गरी स्पष्टसँग प्रतिशोधपूर्ण देखिने गरी दर्ता भएको महाअभियोगको विरुद्ध सबैलाई एकजुट हुन आह्वान गर्दै साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सबैलाई सो नागरिक भेलामा सहभागी हुन आग्रह गरेका छन् ।