खेलकुद

जेठ पहिलो हप्तामा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदै

काठमाण्डौ । खेलकुद स्वास्थ्यका लागि र खेलाडी राष्ट्रका लागि भन्ने उद्धेश्यका साथ तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गतेदेखि ६ गतेसम्म सो प्रतियोगिता हुने भएको हो । छरिएर रहेका प्रतिभाशाली खेलाडीहरुको उजागर गर्न एवं सितोरियो करातेको विकास, विस्तार र खेलाडीको विकास गर्नुका साथै अन्तराष्ट्रसंग भाइचाराको सम्बन्ध राख्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगितामा नेपाल,भारत,श्रीलंका,बंगलादेश,पाकिस्थान र भुटान देशका खेलाडीहरु सहभागी हुनेछन् ।

नेपालबाट ३ सय ,भारतबाट २ सय, बंगलादेशबाट ७ , श्रीलंकाबाट १२, पाकिस्तानबाट ५ र भुटानबाट १० हुनेछन् । सो प्रतियोगितामा ५२७ जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । अफिसियल कराँतेतर्फ २२ इभेन्ट र कातातर्फ ४ इभेन्ट हुनेछन् । कुल २६ सुवर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । विजेता खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ । शाखा डोजो सामाखुशीको आयोजनामा हुने सो प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने जनाइएको छ ।