पु.समाचार

नेकपा मालेका वडा अध्यक्षका उमेदवारलाई गोलि लाग्यो, घाइतेको नियोजित तरीकाले हानिएको परिवारको दाबी

चितवन। नेकपा मालेका भरतपुर महानगरपालिका ११ वडा अध्यक्षका उमेदवार कुष्ण बहादुर कुमालललाई गोलि लागेको छ । चुनावी प्रचार प्रसार अभियानको लागि घरदैलो कार्यक्रम गर्ने शिलशिलामा आफ्नो टोल नजिकै कार्यकर्ताहरुसंग रुखको छहारीमा बसेका बेला गोलि लागेको पारिवारिक श्रोतले जनाएको छ ।

सो टोल नजिकै जुनियर प्रहरी अधिकृत शिक्षालय रहेकोले प्रशिक्षण गर्ने क्रममा गोली फायरिङ्ग भई शिक्षालयको घेरा तोडेर गोली लागेको प्रहरीले बताएको छ । प्रहरी शिक्षालयबाट आएर गोली लागेको भएतापनि उमेदवारलाईनै लक्षित गरी गोलि लागेको बिषयलाई अर्थपुर्णरुपमा हेरिएको छ ।

उमेदवारका भाई किरण बहादुर कुमालका अनुसार गोलि लागेको स्थान र शिक्षालयको प्रशिक्षण स्थल झण्डै चार देखि पांँच कि.मी मिटरको दुरीमा पर्दछ ।

हाल घाइतेको उपचार भरतपुरको नारायणी सामुदायिक अस्पतालमा सघन कक्षमा भइरहेको छ । घाइतेको अवस खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ । के कति कारणले गोलि लाग्यो यस बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यलय , चितवनले .जनाएको छ । अध्यक्षका उमेदवार अवकासप्राप्त प्र.ना.नी समेत रहेको बुझिएको छ ।