राजनीति

शुशीला कार्कीमाथी संसदमा माहाअभियोग प्रंस्ताब दर्ता, एमाले भन्छ कुनै हालतमा पास हुन दिदैनौ

काठमाण्डौ । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको दल माओबादी केन्द्रका २५९ जना सांसदहरुले  प्रधानन्यायाधीष शुशीला कार्की बिरुद्ध माहाअभियोग प्रस्ताब संसदमा दर्ता गराएका छन् ।

सरकारले आईजीपी नियुक्त गरेका डीआईजीपी जयबहादुर चन्दलाई तत्कालका लागी सपठ नख्वाउन, भन्दै सरकारको काममा बाधा पुर्याएको लगायतका ९ आरोप लगाएर प्रधानन्यायाधीष कार्कीमाथी काँग्रेस र माओबादी केन्द्रको नेतृत्वमा प्रधानन्यायाधीष कार्की बिरुद्ध संसदमा माहाअिभयोग पत्र दर्ता भएको छ । नेपाली काँग्र्ेसको तर्फबाट सांसद मिनबहादुर बिश्वकर्माले माहाअभियोग प्रस्ताव दर्ता गरेका छन् भने माचओबादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बिश्वकर्माले माहाअभियोग प्रस्ताब दर्ता गरिएको छ ।

माहाअभियोग प्रस्ताबको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमालेले कडा बिरोध गरेको छ ।

पार्टी सचिब योगेश भट्टराईले एकजना नीडर र कार्यसम्पादनमा दक्ष प्रधान न्यायाधीषबिरुद्धको माहाअभियोग कुनैपनि हालतमा पास हुने दाबी गरेको छ, उसले अधिनायकबादको शुरुवात भएको समेत आरोप लगाएको छ, भने सरकारमा बरिष्ठ उपप्रधानमनत्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले शुशीला कार्कीमाथीको माहाअभियोग दुर्भाग्यपूर्ण भएको बताएका छन् ।