राजनीति

साझा पार्टीका ललितपुरको मेयर र उपमेयरमा उमेदवारी घोषणा

काठमाण्डौ । भर्खरै स्थापित साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन तथा शोभा शाक्यले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरका लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।

कृषक परिवारमा जन्मिएर रत्न आभुषण व्यवसायमा लागेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन्। उनी नेपाल चेम्बर अफ कमर्सको कार्य समितिका सदस्य पनि हुन्। अध्यात्म र समाजसेवाप्रति झुकाव राख्ने महर्जनले विसं २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सँस्कृतिको केन्द्र बनाउने अठोट गरेर स्थानीयवासीको सहभागीतामा झण्डै १०० भवनलाई परम्परागत नेवाः वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गरिरहेका छन्। महर्जनले आफ्नी आामाको नाममा परोपकारी संस्था माया फाउण्डेशन स्थापना गरेका छन् भने उनी लुम्विनि बौद्ध विश्वविद्यालय तथा अपांगता सेवा संघ, खोकनासँग पनि आवद्ध छन्।

पाटनको रूद्रवर्ण महाविहार परिसरमा जन्म भएकी ५४ वर्षीय शोभा शाक्य पनि धार्मिक तथा सामाजिक कार्यमा भिजेकी छिन्। बुवा बहादुर शाक्यबाट असल नेतृत्व क्षमता सिकेको बताउने शाक्य हाल शाक्यसिंह विहारकी उपाध्यक्ष छिन्। शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो उन तथा हस्तबुनाई कारखानामा ५०० भन्दा बढी महिला कामदारलाई रोजगारी दिएकी छिन्। महिला उत्थानमा सानैदेखि गहिरो भावना राख्ने शाक्यले ठैना महिला समूह जस्ता कैयन संस्था मार्फत महिलाको सशक्तिकरण तथा उद्यम विकासमा ठुलो योगदान पुर्याएकि पार्टीको दाबी छ ।

असल राजनीतिक तथा सामाजिक मूल्य र मान्यतालाई प्रतिनिधित्व गर्ने रमेश महर्जन र शोभा शाक्यलाई ललितपुर महानगरपालिका प्रमुख र उपप्रमुखको उमेदवारको रूपमा समर्थन गर्न पाउँदासाझा पार्टी गौरवान्वित महशुस गर्दछ।

भ्रष्टाचार विरोधी कल्याणकारी(उदारवादी साझा पार्टी पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको ४ खम्बामा नेपाललाई एकै पुस्ताभित्र रुपान्तरण गर्ने लक्ष्य राख्दछ र समग्र ललितपुरवासीलाईसुसँस्कृत र इमानको नयाँ राजनीति थालनी गर्ने कार्यमा महर्जन तथा शाक्यलाई सहयोग गर्न आग्रह गर्दछ।