पु.समाचार

गगन थापा भन्छन्, ‘एमालेको नक्कली राष्ट्रबाद जनताले बिस्तारै चाल पाउछन्’

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता एबम् स्वास्थ्यमन्त्री गगन कुमार थापाले एमालेको नककली राष्ट्रबादका कारण निर्बाचन नै नहुने हो कि भन्ने शंका उत्पन्न भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसंग गरिएको अन्तरकृयामा बोल्दै थापाले  काँग्रेसले देशको सीमानामा हेरफेर गर्न नमान्ने तर प्रदेशको सीमाना हेरफेर गर्दा खासै फरक नपर्ने बिचार ब्यक्त गरेका छन् ।

केन्द्रीय सदस्य समेत रहेका प्रभाबशाली युवा नेता थापाले एमालेप्रति आक्रोस पोखदै भने ‘यसरी प्रचार गरिएको छ मानौं हामीलाई देशको अखण्डताको बारेमा चिन्ता छैन, मानौं हामीलाई राष्ट्रिय एकताबारे चिन्ता छैन, मानौं देशको सार्वभौमिकताकाबारे चिन्ता छैन, देशको स्वाभिमानको बारेमा चिन्ता छैन । देशको स्वाभिमानको ठेक्का लिने नक्कली ठेकेदारको बारेमा कांग्रेस प्रष्ट छ । त्यसकारण हामी आम जनतालाई प्रष्ट पार्न चाहान्छौं, हाम्रा प्रयास र प्रयत्नहरु देशलाई जोड्नका लागि हुन् । हामी भनिरहेका छौं प्रदेशको सिमाना तलमाथि होला तर प्रदेशको सिमाना तलमाथि हुन दिदैनौं ।’

मधेसी मोर्चा पनि निर्बाचनमा भाग लिने सम्भाबना हुंदाहुंदै एमालेले नक्कली राष्ट्रबादका कारण निर्बाचनमा सामेल गराउन गाह्रो भएको बताएका छन् । साथै उक्त कार्यक्रममा एमालेको नककली राष्ट्रबाद नेपाली जनताले बिस्तारै पत्ता लगाउने जिकिर समेत मन्त्ती थापाले गरेका छन् ।

उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य एबम् निर्माण तथा यातायात मन्त्री रमेश लेखक लगायतले नेकपा एमालेको तीब्र बिरोध गरेका थिए ।

उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, माहामन्त्री डा. शकांक कोईराला, पूर्ब अर्थमन्त्री एबम् केनद्रीय सदस्य  रामशरण महत, उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधि, केन्द्रीय सदस्य परराष्ट्रमन्त्री प्रकासशरण महत,  केन्द्रीय सदस्य एबम् निर्माण तथा यातायात मन्त्री रमेश लेखक लगायतले नेकपा एमालेको तीब्र बिरोध गरेका थिए । कार्यक्रममा निर्बाचनको बारेमा जानकारी दिन भनि पत्रकारहरु बोलाईएको भएपनि प्रमुख प्रतिपक्षी दल एमालेको बिरोध गर्नमा नै सबै नेताहरुले समय खर्चेका थिए ।