राजनीति

सभापति देउवा, बरिष्ठ नेता पौडेल र सिटौलाका साथ अपर्झट ओली निवासमा

काठमाण्डौ । शनिबार बिहान नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका छन् । सरकारले घोषणा गरेको निर्बाचन, संबिधान संसोधनका लगायत एमालेले गरेको अबरोध फुकाउने प्रयासका लागी शीर्ष नेताहरु बालकोट गएका हुन् ।

काँग्र्स सभापति देउवाका साथमा बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायत छन् भने केपी शर्मा ओलीका साथमा एमाले माहासचिब ईश्वर पोख्रेल लगायतका रहेको समाचार छ ।

प्रधानमनत्री दाहाल र माओबादी केन्द्रका शीर्ष नेताहरुले शुक्रबार दिनभर प्रयास गर्दा पनि एमालेले गर्ने भनिएको बिबाद मिलाउन मिलाउन नसकेपछि काँग्रेस सकृय हुन बाधय भएके स्रोतको दाबी छ ।

शनिबार ओली निवासमा काँग्रेस र एमालेका शीष नेताहरुको भेटघाटले महत्वपूर्ण राजनिितक निर्णय हुन सक्ने अनुमान राजनीतिक बृतमा लगाईन्छ ।