राजनीति

हार्ने डरले एमालेले निर्बाचन नचाहेको काँग्रेसको यस्तो छ बिश्लेशण

काठमाण्डौ । निर्बाचन आयोगले बैसाख ३१ र जेठ ३१ मा घोषणा गरिएके निर्बाचनको मितिलाई लक्षीत गरि दिनरात आफ्ना कर्मचारीहरु खटाईरहेको छ । सरकारले एकै चरणमा गर्ने भनेर घोषणा गरेको स्थानीय तहको निर्बाचन बैसाख ३१ बाट दुईचरणमा गर्ने गरी अर्को चरणको निर्बाचन जेठ ३१ मा सारेपछि आयोगले त्यहीं अनुसार आफ्ना कार्यक्रमहरु गरिरहेको छ ।
निर्बाचन आयोगले निर्बाचनको लागी तीब्र तयारी गरिरहेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल दोस्रो चरणको निर्बाचन बजेटभन्दा पछि आउने हुंदा आफ्लाई मान्य नहुने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भनेपछि उसंग वार्ता गर्दागर्दै दिन बिताईरहेका छन् । प्रधानमन्त्री दाहाल एमालेसंग वार्ता र संबाद गरि उसलाई मनाउन प्रयासरत देखिन्छन् । तर एमालेले बजेटभन्दा पछि कुनैपनि हालतमा निर्बाचन गर्न सम्भब नहुने अडान दोहोर्याएको छ ।
प्रधानमनत्री दाहालले संबिधानमा ब्यबस्था भएको जेठ १५ गते बिजेट भाषण गर्नुपर्ने परम्परालाई संबिधान संसोधन गरेर निर्बाचन पछि सारौं न त ? भन्ने प्रधानमन्त्री दाहालको प्रश्तावमा पनि एमालेले अन्तिम राजनिितक घडीमा अहिलेको अवस्थामा कुनपनि हालतमा संबिधान संसोधन गर्न नहुने बताएको छ ।
मंगलबार र बुधबार सरकारले ११ वटा जिल्लामा प्रदेशको संख्या घटबढ् गर्न र सीमाङकनको बिषयमा पुनबिचार गर्न पत्र पठाएपछि संसद अबरोध गरेर समस्या श्रृजना गराएको एमालेलाई काँग्रेस र माओबादी केन्द्रका नेताहरुको प्रयासपछि उक्त परिपत्र फिर्ता लिएर संसदको अबरोध हटेको थियो ।
अब बस्ने भनेको संसदपनि एमालेले यही बिषयमा अबरोध गर्ने सम्भाबना छद्ध, काँग्रेस र माओबादीका नेताहरुले एमालेले स्थानीय तहको निबार्चन चाहेको छैन भन्ने आरोप लगाएका छन् ।
एमालेको अन्तिम गतिबिधी हेर्दा निर्बाचनमा सोचेजतिको परिणाम ल्याउन नसकिने बिश्लेशणका कारण एमालेले निर्बाचन नचाहेको हो कि भन्ने अनुमान भने लगाउन सकिन्छ ।