राजनीति

निर्बाचनको माहौल बढाउन एकसीटेदेखि काँग्रेससम्म सहभागी हुनेगरी प्रधानमन्त्रीले राखे सर्बदलीय बैठक

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सर्बदलीय बैठकको आयोजना गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय गठबन्धन लगायतलाई निम्ता दिईएको प्रधानमनत्रीको सचिवालयले जनाएको छ ।

सरकारले घोषणा गरेको स्थानीय तहको दुईतहको निर्बाचन र सबै पार्टीहरुले आआफ्नो ठाँउबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्ने प्रधानमनत्रीकान प्रेश सललानहाकार गोबिन्द आचार्यले बताएका छन् । आचार्यले निर्बाचनका लागी गरिने भनिएको संबिधान संसोधनलाई फास्ट ट्याकबाट गर्नका लागी समेत बाटो खोल्न सर्बदलीय बैठक महत्वपूर्ण हुन सक्ने प्रधानमन्त्रीलाई उदृत गर्दै बताएकबा छन् ।

सरकारले बैसाख ३१ गते र जेठ ३१ गते गरि दुई तहमा निर्बाचन सम्पन्न गनेगरी मिति घोषणा गरेको छ भने निर्बाचन आयोग रातदिन नभनीकन चुनावको तयारीका लागी खटिरेको छ ।

शनिबार संघीय गठबन्धनसंग एकप्रकारको सहमती भएपछि निर्बाचनको माहौल बढेको थियो भने एमोलेले बिभिन्न माग राखी गरेको संसद अबरोधका कारण समस्या उब्जिएपनि बिहीबार संसद सुचारु गरेपछि निर्बाचनको माहौल बढेर गएको छ ।