राजनीति

एमालेलाई आफ्नो महत्वाकाँक्षी घोषणापत्र सार्बजनिक गर्न अझै केहिदिन लाग्ने

काठमाण्डौ । नेपाली काँग्रेस, राप्रपा नेपाल पहिलो र चौथो ठूलो दलले आफ्नो घोषणापत्र सार्बजनिक गरिसकेको अवस्थामा प्रमुखप्रतिपक्ष दल नेकपा एमालेले अझै आफ्नो घोषणापत्र सार्बजनिक गरेको छैन ।

एमालेको घोषणापत्र सार्बजनिक गर्न अझै केहिदिन लाग्ने नेकपा एमालेका केन्द्रीय सचिब एबम् युवा नेता योगेश भट्टराईले बताएका छन् । बिहीबार बसेको स्थायी समितिको बैठकमा पार्टीका माहानगर, उपमहानगर, नगर र गाँउका उमेर्द्वारको बिषयमा छलफल भएको र अधिकाँस तहमा पार्टीका उमेर्द्वारहरु तय भएको दाबी गर्दै छिट्टै नै घोषणापत्र सार्बजनिक गर्ने नेता भट्टराईले दाबी गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले जनतामा लोकप्रीय घोषणपत्र ल्याएको केहिदिनमा राप्रपाले पनि केहि नयाापनदिने खाल्को ल्याएको देखिएपनि एमालेले झनै महत्वाकाँक्षी घोषणापत्र सार्बजनिक गर्ने अनुमान राजनीतिक बृतमा लगाईन्छ ।