आर्थिक

प्रधानमन्त्री दाहाल र गठबन्धन बैठक सम्पन्न, निर्बाचन हुने निश्चित

 

काठमाडौं । संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ । संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको थियो ।
बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो । बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए।
बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै संघीय गठबन्धनकान नेता शरदसिंह भण्डारीले १ज्ञ वाटा जिल्लामा गरिएको परिपत्रमात्र फिर्ता गरिएको रहेछ हामीले बुझ्न गल्ती गरेका रहेछौं भने । उक्त कुराले निर्बाचन हुने बाटोतर्फ मुलुक अगाडी बढेको संकेत गरेको छ ।