खेलकुद

इरा र माहिका सिटिजन्स बैंक टेनिस प्रतियोगिताको फाइनलमा

काठमाडौं । इरा रावत र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको सेमिफाइनलमा इराले डिफेन्डिङ च्याम्पियन मायांका राणालाई ७–५ र ६–० तथा माहिकाले प्रेरण कोइरालालाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा साविक विजेता संरक्षकभूषण वज्राचार्यले सन्तोष खत्रीलाई ६–४ र ६–४ ले हराउदै फाइनलमा पुगे । अर्को सेमिफाइनल बुधबारै खेलाइए पनि समय अभावका कारण खेल स्गगित भएपछि संरक्षकको प्रतिद्वन्द्वी टुंगो लाग्न सकेन । पूर्व विजेता जितेन्द्र परियार र प्रणव खनालबीचको अर्को सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा पुगेका बेला समय अभावका निर्णायक एवं तेश्रो सेट बिहीबार खेलाउने गरी स्थगित गरियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा सन्तोष खत्री र दावा शेर्पाको जोडीले प्रदीप खड्का र विकास खड्काको जोडीलाई ६–१ र ६–१ तथा कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले श्यामकृण जिसी र अन्जन थिङको जोडीलाई ६–० र ६–० को सीधा सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडीले लोक गुरुङ र धरम लामिछानेको जोडीलाई ४–६, ६–३ र १०–६ तथा राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठको जोडीले प्रेम थापा र भुअरुण मल्लको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।
भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठले इन्द्रजित राईलाई ४–२ र ४–१ को सेटमा निराश पार्दै ज्ञानेन्द्र ताम्राकारसंग फाइनल भेट पक्का गरे । सहजै फाइनल पुगेका ज्ञानेन्द्र फादर म्याथ्युबाट वाकओभर पाए ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज शाह र छेवाङ लामाको जोडीले आत्माराम कार्की र अनुज अरोराको जोडीलाई ७–५ र ६–३ तथा कमल भण्डारी र महेश श्रेष्ठको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–१ र ६–२ ले पन्छ्याउदै फाइनलमा पुगे ।