पु.समाचार

नयां बजेट शेरबाहादुर दाई प्रधानमन्त्री भएपछि ल्याउने हो – रक्षामन्त्री खाँड

काठमाण्डौ । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवा प्रधानमन्त्री भएपछि नयाँ बजेट ल्याउने बताएका छन् । काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री खाँडले सरकारले दुईचरणमा निर्बाचन गर्न लागेको हुंदा पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा शसस्त्र प्रहरीले निर्बाचनलाई सुरक्षादिन सक्ने बताएका छन् ।
बिगतदेखि नै सेनाले निर्बाचनमा महत्वपूर्ण भूमिका खेलेकोमा सेनाको प्रशंसा गर्दै तेस्रो घेरामा रहेको नेपाली सेनाले आवश्यक परे सुरक्षा प्रदान गर्न कटिबद्ध रहने समेत जानकारी दिएका छन्. ।
“दुई चरणमा निर्वाचन हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र पनि सुरक्षा दिन सक्छन्”, उनले भने – “निर्वाचनमा सेना आवश्यक परेन भने पनि ब्यारेकबाट सेनाले अवलोकन गर्नेछ । जब सेनाको आवश्यकता पर्छ अनिमात्र सेना मैदानमा उत्रनेछ ।”

मुलुकमा शन्ति कायम गर्नका लागी संबिधान संसोधन बिधेयस ल्याउनु बाध्यता भएको बताउदै स्थानीय तहको निर्बाचन सफलतापूर्ण रुपमा सम्पन्न भएपछि संबिधान कार्यान्वयन र मुलुकको उन्नती हुने बिचार ब्यक्त गरेका छन् ।

माओबादी केन्द्रसंग बिबाद रहेपनि राजनीतिक सहकार्यभने नतोडिने खुलासा समेत मन्त्री खाँडले गरेका छन् ।