पु.समाचार

पेस्तोल देखाएर लुट्नखोज्ने तीनजनालाई प्रहरीले समात्यो

कोहलपुर । नक्कली पेस्तोल देखाएर राजमार्ग क्षेत्रका जंगलमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। कोहलपुर प्रहरीले पुर्वपश्चिम राजमार्गको रोहनीखोला नजिक जंगलबाट नक्कली पेस्तोलसहित तीन जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका ९ बस्ने सुनिल रावत, ६ बस्ने हिमाल केसी र ईश्वर डांगी बुधबार दिउँसो ३ बजेतिर पक्राउ परेका हुन्। नागरिकका अनुसार, लुटपाटमा संग्लन मोहनी ओली भने फरार रहेको कोहलपुर प्रहरी डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। राजमार्गमा नक्कली पेस्तोेल देखाएर उनीहरुले लामो समयदेखि लुट्दै आएको उनले भने।

रामजार्गमा लुटिएको भन्दै अहिलेसम्म २२ जना पीडित सम्पर्कमा आएका छन् । उनीहरुले पक्राउ परेकाविरुद्ध लिखित उजूरी समेत दिएका छन्।