आर्थिक

काममा नै बाधा पुग्नेगरी कार्यालयमा भएका गतिबिधीप्रति एनसेलको ध्यानाकर्षण

axiata-company

काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो मोवाईल सेवा प्रदायक कम्पनी दाबी गर्ने एनसेलले आफ्ना कर्मचारीहरुलाई बद्नाम गराउने उद्येश्यले भईरहेका गरिबिधहरुप्रति आफूलाई ध्यानाकर्षण भएको जनाएको छ । एनसेलले बुधबार एक बिज्ञप्ती जारी गर्दै उक्त कार्य रोक्न सम्बन्धीत पक्षसंग आग्रह गर्दै आफूले नियुक्त गरेका कुनैपनि डिलरहरु खारेज नगरिएको जानकारी दिएको छ । यसका साथसाथै एनसेलले आफ्नो कार्यालयमा कम्पनीको काममा नै बाधा पुग्नेगरी भएका गतिबिधिहरुलाई रोक्न आग्रह गर्दै यस्तो बिज्ञप्ती जारी गरेको छ ।

एनसेल प्रा. लि. ले आफ्नो जिएसएम मोबाइल सेवामार्फत एक करोड पचास लाखभन्दा बढी नेपालीलाई अत्यावश्यक संचार सेवा प्रदान गरिरहेको सर्वविदितै छ । स्थापनाको छोटो अवधिमै नेपालको सबैभन्दा ठूलो जिएसएम मोबाइल सेवाप्रदायकको रुपमा स्थापितभएको यस कम्पनीको सफलताको पछाडि ग्राहकले हामीप्रति दर्शाउनु भएको अगाध माया र विश्वास, व्यावसायिक साझेदारहरुले कम्पनीको ग्राहक केन्द्रित रणनीति तथा उत्कृष्ट कार्यसंपादन संस्कृतिको कार्यान्वयनमा पु¥याउनु भएको योगदान तथा अरु सबै साझेदारहरुद्वारा निरन्तर प्रदानगर्दै आउनु भएको सहयोग रहेको छ । यस्तो माया, विश्वास, सहयोग तथा योगदानका लागि एनसेलले सधँै कृतज्ञता व्यक्त गर्दै आएको छ र अहिले पनि गर्दछ ।
विगत केहि दिन देखि एनसेलसँग कामगरिरहेका बितरक अन्तर्गतका केहि डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाउँदै भ्रम फैलाउने काम गरेको र कम्पनीका कर्मचारी उपर व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्यागर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरी कम्पनीको कार्यसंचालनमा व्यवधान पु¥याउने जस्ता गैरकानुनी कार्यहरु भई आएकाले यस प्रा. लि. सबैको जानकारीका लागि निम्नलिखित कुराहरु स्पष्टपार्न चाहन्छ ः

ड्ड एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पु¥याउन तथा बिक्रीबितरणका लागि ५ वटा वितरक मार्फत कार्य गर्दै आएको छ । यी वितरकसँग एनसेलको सम्झौता रहेको र उनीहरुले सोहि सम्झौता अन्तर्गत रहि काम गर्दै आएका छन् । केहि डिलरले दाबी गरे झैं एनसेलले बितरकको सम्झौता खारेज गरेको छैन ।

ड्ड डिलरको नियुक्ती बितरकले आफ्नो व्यावसायिक योजना तथा आवश्यकता बमोजीम गर्ने गरेका हुन्छन् । डिलरसँग एनसेलको प्रत्यक्ष सम्झौता रहने व्यवस्था छैन, यसर्थ एनसेलले डिलर हटाएको भन्ने आरोपमा कुनै सत्यता छैन र वितरकको तर्फबाट पनि कुनै डिलरलाई हटाएको जानकारी आएको छैन । त्यसैले एनसेलले डिलरसँग सम्झौता खारेज गर्ने भन्ने कुरै आउदैन । डिलरको नियुक्ती वा खारेजीमा एनसेलको कुनै भनाई वा भूमिका रहँदैन । यो नितान्त बितरकको कार्याधिकारमा पर्ने कुरा हो ।
ड्ड एनसेलले उच्चमानवियमूल्यसहितको कार्यसंपादन संस्कृतिअबलम्बन गरेको छ । कम्पनीले सँधै ग्राहकलाई लाभ प्रदान गर्ने उद्देश्यपूर्तिका लागि आफ्नो कार्यक्षमतामा अभिवृद्धि गर्न विभिन्न व्यावसायिकरणका नीतिहरु अंगिकार गर्दै तिनको निरन्तर कार्यान्वयन गर्दै आएको छ । यो निरन्तर चलिरहने अभ्यास हो, जसले बजार तथा अर्थतन्त्रमा नयाँ अवसरहरु पनि सृजना गर्दछ ।

ड्ड कम्पनीले आफ्नो व्यावसायीक तथा कानूनी अधिकार भित्र रही ग्राहकसेवालाई थप सुदृढ गर्न आफ्ना कार्यसञ्चालनमा थप नविनता तथा सुधार गर्नु एउटा सामान्य प्रक्रिया हो । यस प्रयास अन्तर्गत एनसेलले विभिन्न क्षेत्रमा रिचार्ज कार्ड तथा ई–टपअपको अझ चुस्त व्यवस्थापनकालागि जोनलएजेन्ट नियुक्त गर्ने प्रकृया शुरु गरेको छ । यसको उद्देश्य ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने रहेको छ । साथै डिलरलाई पनि जोनलएजेन्ट भई एनसेलसँग सिधै आबद्ध भई कामगर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुलाई आफ्नो अनुकुलता तथा लाभ बमोजिम बितरक तथा जोनलएजेन्ट दुबैसँग कार्य गर्न सक्ने अवसर सृजना गर्ने रहेको छ । यसले सबै पक्षलाई लाभ प्रदान गर्नेछ ।

ड्ड कुनै पनि समायोजन गर्दा एनसेलले सधै सम्बन्धित पक्षलाई संलग्न गर्दै र ग्राहक सेवा तथा प्रतिस्पर्धालाई योगदान पु¥याउने खालका प्रतिक्रिया तथा रचनात्मक सुझावलाई खुला हृदयले ग्रहण पनिगर्दै आएको छ । यस कार्यमा डिलरलाई कुनै पनि जानकारी चाहिए वा प्रतिकृया रहे उनीहरुलाई नियुतm गर्ने वितरकसँग कुरा राखी आफ्नो समस्याको समाधा नगर्न सक्छन् । तर त्यसो नगरी केहि डिलरले एनसेल कार्यालय अगाडि हुलहुज्जतगर्ने, व्यक्तिगत गालिगलौज, लाञ्छना तथाचरित्र हत्यागर्ने जस्ता अवाञ्छित गतिविधि गरेकोमा यस एनसेल प्रा. लि. खेद व्यक्त गर्दछ । साथै सम्बद्ध डिलरलाई यीलगायत यस किसिमका भ्रामक गतिविधि तथा जनमानसको दुरसंचार जस्तो अत्यावश्यक सेवामा असर पार्ने खालको कुनै पनिकार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ ।

ड्ड एनसेलआफ्ना आदरणीय ग्राहक महानुभावहरु तथा साझेदारहरुको निरन्तर सहयोगको लागि आभार ब्यतm गर्दछ । आफ्ना ग्राहकको संचार सेवामा पहुँच सुनिश्चित गर्न कम्पनी सँधै प्रतिबद्ध रहेको छ । बिज्ञप्तीमा भनिएको छ