राजनीति

राती भएको मूख्य पाँच दल बैठकमा सम्बाद जारी राख्दै अगाढी बढ्ने भयो यस्तो निर्णय

काठमाडौं । प्रमूख पाँच राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को बैठकले राजनीतिक सम्वादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ ।

मंगलबार बेलुका अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारद्धारा संसदमा प्रस्तुत संविधान संशोधन विद्येयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा गरेको दोस्रो चरणको निर्वाचन र बजेटमा केन्द्रित भएर छलफल चलेको थियो । बैठकमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले प्रधानमन्त्रीद्धारा प्रस्तुत एजेण्डामाथि आफ्ना धारणा राखेका थिए ।

बैठकले राजनीतिक सम्वादलाई जारी राख्ने, दुईपक्षीय र बहुपक्षीय छलफललाई निरन्तरता दिँदै संविधान संशोधन, सदन सञ्चालन, दोस्रो चरणको निर्वाचन र बजेटबारे सहमतिमा पुग्ने र राजनीतिक दलहरु मिलेरै अगाडि बढ्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल , कांग्रस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार लगायत पाँच दलका शीर्ष नेताहरु उपस्थित थिए ।