पु.समाचार

पढाई राम्रो नभएका कारण सरकारी क्याम्पसमा १ जनामात्र बिद्यार्थी भर्ना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ ।

यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए ।

नयाँपत्रिकाका अनुसार, त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो । नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा.डा.राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताएको छ ।

कुन क्याम्पसमा कति विद्यार्थीले प्रवेश परीक्षा दिए ?

नेपाली बिषयमा पढ्ने बिद्यार्थीहरु सरस्वती क्याम्पस १ विद्यार्थी, त्रिचन्द्र क्याम्पस २ विद्यार्थी, पाटन क्याम्पस ३ विद्यार्थी, भक्तपुर क्याम्पस ६ विद्यार्थी जनसंख्या पढ्नेमा पाटन क्याम्पस ३ विद्यार्थी, रत्न राज्य क्याम्पस ६ विद्यार्थी
छन् । त्यस्तै मानवशास्त्र पद्मकन्या क्याम्पस ३ विद्यार्थी छन्

। अंग्रेजी पढ्ने सरस्वती क्याम्पस ५ विद्यार्थी छन् ।
केन्द्रीय विभागहरू इतिहासमा ३ विद्यार्थी, हिन्दीमा ४ विद्यार्थी, संस्कृत ७ विद्यार्थी छन् ।