राजनीति

अदालतले दियो सीके राउतलाई तारेखमा छाड्ने आदेश

काठमाण्डौ । राज्यबिप्लबको मुद्धा खेपिरहेका सीके राउतलाई रुपन्देही जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मंगलबार अदालतका न्यायाधीष रीसीराम आचार्यको ईजलासले २५ हजार धरौटीमा उनलाई रोटहत प्रहरीलाई बुझाउन आदेश दिएको हो ।

उनीसंगै थानामा रहेका अरु ५ जनालाई पनि १० १० हजार धरौटी राखी साधारण तारेखमा छाड्न अदालतले आदेश दिएके छ ।

एसपी लालमणी आचार्यले पक्राउ गरेर थुनामा राखेका राउत रोटहत प्रहरीको नियन्त्रणमा हुने जनाईएके छ । तराइलाई टुक्राउनुपर्ने बिबादास्पद माग राखी हिडिरहेका राउतलाई दिएको आदेशबारे जिललन अदालत रुपन्देहीका नासु युवराज पन्थीले बताएक छन् ।