पु.समाचार

राजबिराजको एक लघुबित्तमा महिला कर्मचारीमाथी बलत्कार !

राजविराज । महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ।
संस्थाले आरोपित साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेको पत्र सोमबार थमाए पछि घटनाको खुलासा भएको हो।पीडितले प्रहरीमा उजुरी नगरी संस्थामा मात्र उजुरी दिएकोले घटना सार्वजनिक भएको थिएन्।
संस्थाको प्रशासन तथा लेखा विभाग प्रमुख प्रबन्धक सरोजकुमार सिंहको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा साहलाई आचारण विपरीत काम गरेको ठहर गर्दै कारवाहीको भागिदार बनाएको प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरीले बताए।

चौधरीका अनुसार आगामी दिनमा महिला वा अन्य कर्मचारीसँग असल, मर्यादित व्यवहार नगरेको पाइए साहलाई कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ। अन्नपूर्णपोष्टका अनुसार, कोठामा एक्लै भएको मौका छोपी पुगेका साहले गत चैत १० गते बिहान कार्यालय सहयोगी २३ वर्षीया पीडितलाई तिमी कति राम्री भन्दै यौन सम्पर्कको लागि प्रस्ताव राखेका थिए। तर, महिला कर्मचारी अस्विकार गरेपछि उनलाई नियन्त्रणमा लिई ओछ्यानमा लडाएर बलात्कार प्रयास गरेको पीडितले बताए।