राजनीति

आईजीपीका दाबेदार रहेका डीआईजी सिलवाल झुटो कागजातको आरोपमा पक्राउ

काठमाण्डौ । डीआईजीपी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बरिष्ठ अधिवक्ता सम्भु थापाको घरमा कानुनी सल्लाहा लिईरहेकाबेला डीआईजीपी नवराज सिलवाल पक्राउ परेका छन् ।  बयानका लागी प्रहरीले बोलाएका बेला कानुनी परामर्श लिन उनी गाएका बेला पक्राउ परेका अधिवक्ता टीकराम भट्टराईले बताए ।

किर्ते अभियोगमा छानबिन गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो । वालुवाटारस्थीत अधिवक्ता थापाको घरमा कानुनी परामर्स लिईरहेकाबेला पक्राउ परेका सिलवालले सर्बोच्च अदालतमा आईजीपी बनाईपाउ भनि हालेको निबेदन नै किर्ते भएको भन्दै छानिबिन भईरहेको थियो ।

पूर्ब आईजीपी उपेनद्रकान्त अर्यालले बोलाएको बैठकमा उपस्थिति नभएका सिलवाल आफू कसनैपनि हालतमा आईजीपी बन्नुपर्ने भन्दै बरिष्ठ भएको प्रमाण सर्बोच्च अदालतलाई पेश गरेर पटक पटक मुद्धा दिएका थिए ।

जयबाहादुर चन्दलाई सरकारले आईजीपी नियुक्त गरेपनिसपथ ख्वाउन नपाई सर्बोच्च अदालतले रोकेको थिायो ।

३३ किलो सुन काण्डबाट जनताको वाही वाही पाएका सिलवाल आर्फै बरिष्ठको झुटो कागजातमा फस्नु प्रहरीप्रतिको जनबिश्वास घटेको छ । सिलवालले एसएसपीलाई सिमेत उक्त सुन काण्डमा थुनेका थिए ।

पक्राउ परेका भनिएपनि प्रहरीले कानुन ब्याबसायीका साथमा लगेको बताएको छ ।