प्रवास

तरुनीको खोजीमा सुको हुन्न गोजीमा…

कतार । गजलकार तथा गीतकार लेख कार्की द्वारा लिखित गीत “एक लाई शून्य दश” जेनुस च्यानलले सार्वजनिक गरेको छ । नाम सुन्दै राम्रो लाग्ने उक्त गीति एल्बममा स्वर दिएका छन् ठमेल बजारका गाएक भानुभक्त ढकाल र चर्चित गायिका मेलिना राईले । संगीत भानुभक्त आफैंले गरेका छन् भने म्युजिक भिडियो भिमफेदी गाईजले गरेको छ ।

यूवाबर्गहरुलाइ लक्ष्यित गरेर तयार गरिएको यो गीत निक्कै नै मनोरञ्जनात्मक पारामा लेखिएको र भिडियो पनि उस्तै तरिकाले तयार पारिएको बताईएको छ ।
गीतकार कार्की खोटाङ घर भइ एकदशक देखि कतारमा बस्छन्, विशेष गरेर गजलमा निक्कै अब्बल मानिने कार्की गजल बाहेक गीत, कथा, मुक्तक लगाएत अन्य साहित्यिक बिधाहरुमा मनग्ये कलम चलाउछन् ।

गीतमा गीत लेखन लेख कार्की, संगीत भानुभक्त ढकाल, मिक्सिङ प्रदिप जोशी, एरेन्जमेन्ट गोपाल रसाइली, रेकर्डिङ श्याम बग्दासद्वारा तयार पारिएको यो भिडियो भिमफेदी गाइजले बजारमा ल्याउदा सबैलाई एकपटक सुन्न आग्रह गरेको छ ।