पु.समाचार

नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु

 

चितवन । चितवनको नारायणी नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह ३ः३० बजेको समयमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर एक किशोरको ज्यान गएको हो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित नारायणी नदीमा नुहाउने क्रममा दाङका अन्दाजी १७/१८ वर्षका जंङग बहादुर बगडीको डुबेर मृत्यु भएको चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनी ना ७ क १८०९ नम्बरको ट्रिपरको सहचालक भएको प्रहरीले जनाएको छ ।