आर्थिक

सनी सेक्यूरिटिजको पहिलो साखा नारायणगढमा

कठमाण्डौ । नेपाल धितोपत्र वोर्डवाट अनुमति पत्र प्राप्त सदस्य दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनीले पूजी वजारको सम्भावना वोकेको नगरी चितवन कै मुटु शहिदचोक, नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियावाट सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन पूर्व नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत श्री सिताराम थपलिया ज्यूवाट लगानीकर्तासंगको अन्र्तक्रिया कार्यक्रममा सहभागी भइ पूंजी वजार सम्वन्धी उठेका जिज्ञासाहरुको वारेमा जानकारी दिएका थिए । साथै उक्त कार्यक्रममा हाथवे ईन्भेष्टमेण्ट नेपालका प्रवन्ध निर्देशक श्री अम्विका प्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।
उक्त कुरा सन्तोष पौडेलले जानकारी बताए ।