आर्थिक

उद्योग मन्त्रालयले यस्ता उद्येश्य सहित उद्यमशीलताका लागी अभियान

काठमाण्डौ । विशेष गरी युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यले उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्वन्धि सम्मेलन Start Up Summit आयोजना गर्न गईरहेको छ । देशभरका ७५ जिल्लाबाट ३०० जना युवाहरुको सहभागिता रहेने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सफल युवा उद्यमीहकौ संलग्नता रहने छ । विदेशबाट आउने श्रोत व्यक्तिहरुले ती देशहरुमा रहेको उद्यमशीलता सम्वन्धि अभ्यासका वारेमा आ—आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका वारेमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दै सँगसँगै अगाडी बढ्न नेपालमा पहिलो पटक राष्ट्रिय Start Up सम्मेलनको आयोजना गर्न लागिएको हो ।

सम्मेलनको मुख्य उद्धेश्य निम्न रहेको छ ।
१) उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरुलाई संलग्न गराउने ।

२) उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने ।

३) उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेट्ने ।

४) देशभरी उद्यमशीलता विकासमा भएको प्रगति सम्वन्धि पूर्ण जानकारी,  उपलब्ध सेवा र अवसरहरु प्रस्तुत गर्ने ।

५) राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्वन्धि नीतिगत धारणामा स्पष्टता ल्याउने ।

कुनै पनि राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेको छ । अवको प्रतिष्पर्धी विश्वमा हामीले अपनाउने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक छ त्यसैले यो सम्मेलन नेपाली युवा उद्यमीहरुका लागि निकै महत्वपूर्ण हुनेछ भन्ने हाम्रो अपेक्षा हो,  मन्त्रालयले भनेको छ ।  ।
उद्योग मन्त्रालयले अहिले युवा उद्यमशीलताको विकासका लागि Start Up Comittee  बनाएर कार्यक्रमहरु अगाडी बढाईरहेको छ ।
नेपाल Start Up Summit २०१७ को मूल नारा समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर भन्ने रहेको छ ।
उद्योग मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलानमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासँघ सायोगी संस्थाका रुपमा रहने छन् ।
यस सम्वन्धी अन्य जानकारी र सहभागिताका लागि निम्न [email protected]  ईमेल  ठेगानामा सम्पर्क गर्न सकिनेछ ।